Gladrags Mega Model Manhunt 2009 – Nepali Contestant

बलिउडका धेरै कलाकार जन्माएको भारतको प्रसिद्ध मोडलिङ इभेन्ट Gladrags Mega Model Manhunt 2009 मा नेपाली युवाले पनि प्रवेश पाएका छन्।
अन्तर्राष्ट्रिय मोडलिङमा नयाँ इतिहास रच्दै नेपाली युवाको बाटो खुलाएका हुन् काठमाडौंनिवासी २८ वर्षीय कनिज कोइरालाले। अन्तर्राष्ट्रिय सहभागितामा करिब २० हजार युवाको अडिसनबाट छानिएका २२ मध्ये कनिजले १०औं स्थान प्राप्त गरेका छन्। GLADRAGS म्यागजिनले हरेक वर्षअयोजना गर्दै आएको सो म्यानहन्टका निम्ति भारतका विभिन्न शहरबाट गरिने अडिसनमध्ये मुर्म्बईबाट उनी प्रवेश गरेका थिए।
बानेश्वरनिवासी कनिज दिल्लीको जवाहरलाल नेहरू युनिभर्सिटीबाट विज्ञान विषयमा स्नातक उत्तीर्ण हुन्। बलिउडको अभिनय दुनियाँमा प्रवेश गर्ने उनको एउटै उद्देश्य रहेको छ। नेपालमा भने हालसम्म मोडलिङ तथा अभिनयमा कतै पनि उनी संलग्न भएका छैनन्।
![]()